Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना अपडेट: आज थपिए कोरोनाका ६६ संक्रमित

0 295

२३ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६६ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार १११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको जनाउनुभयाे ।

पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ८८६ जना सङ्क्रमित निको भएका हुन् ।

मन्त्रालयका अनुसार हाल ८२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५३ जना क्वारेन्टिनमा छन् ।

Subscribe to our newsletter

पछिल्ला केही दिनदेखि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.