Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बार्सिलोनाको जित

0 318

२३ फागुन, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनामाथि जित निकालेको छ।

एल सदर स्टेडियमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा जोर्डी अल्बाले गोल गर्दा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो।

Subscribe to our newsletter

पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा इलाइक्स मोरिबाले गोल थपे। उनले खेलको ८३ औं मिनेटमा मेस्सीकै पासमा गोल गरेका थिए।

जितसँगै बार्सलोनाले शीर्षस्थानको एट्लेटिको मड्रिडसँग अंकदुरी घटाएको छ। २६ खेलबाट ५६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने २४ खेलबाट ५८ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको शीर्षस्थानमा छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.