नेपाल मजदुर किसान पार्टीकाे छैटाैं काठमाडौ जिल्ला सम्मेलन सम्पन्न
२३ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीकाे छैटाैं काठमाडौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । काठमाडौं जिल्ला सम्मेलन काठमाडौं महानगरपालिका १६ स्थित नयाँ बजारको मल्टी भेन्यूमा भएको हो ।
कार्यक्रमको आयोजा नेपाल मजदुर किसान पार्टीकाे छैटाैं काठमाडौ जिल्ला सम्मेलन तयारी समिति द्वारा आयाेजना गरेको छ ।
कार्यक्रमा नेपाल मजदुर किसान पार्टीकाे छैटाैं काठमाडौ जिल्ला सम्मेलन समुद्घाटन समाराेहका अध्यक्ष नेपाल मजदुर किसान पार्टी काठमाडौ जिल्ला समितिका संयाेजक नारायण महर्जनगरेका छन् । साथै उक्त सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेपाल मजदुर किसान पार्टीको केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे( राेहित), उपस्थित जनाएका थिए ।
साथै उक्त सम्मेलननमा नेमकिपाका अन्य नेताहरुमा केन्द्रीय सदस्य सनकमान महर्जन , केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गाेंसाई,बागमती प्रदेश सभा सदस्य श्रृजना सैजु,काभ्रे जिल्ला अध्यक्ष कृष्ण कुमार बैध,भक्तपुर जिल्ला अध्यक्ष न्यूच्क्षे मान ठाेजु,ललितपुर जिल्ला अध्यक्ष टिकाराम महर्जन ,लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको आयोजकले जानकारी दिएको छ ।