Advertisement

सर्वोत्तम सिमेन्टको बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्दै ५० कित्ता पाइने

0 624

Advertisement

२३ फागुन, काठमाडौं । बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले सर्वसाधारण लगानी कर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कममा शेयर बिक्री गर्ने भएको छ ।

७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टेले जानकारी दिएको छ ।

सर्वसाधारणलाई प्राथमिक शेयर भर्दा कम्तीमा ५० कित्ता शेयर अनिवार्यरुपमा शेयर भर्नुपर्ने छ । तर माग भन्दा धैरै शेयर भर्दा गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् ।

कम्पनीले ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.