सुनको मूल्य बढ्यो
२३ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ८५ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । शुक्रबार सुनको मूल्य तोलामा नौ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको अन्तिम कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन तेजाबी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँमा किनबेच भइरहेकाे छ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२ सय ५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।
