Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेकपा नाम विवादमा आज सर्वोच्चले फैसला सुनाउँदै

0 239

२३ फाल्गुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को नाम विवादबारे सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामाथि सर्वोच्चले फैसला सुनाउन लागेको हो । यसअघि सर्वोच्च अदालतले २० फागुनमा निर्णय सुनाउने बताएको भएपनि उक्त दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बन्द गरिएपछि फैसला आजलाई सरेको हो ।

नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब तीन वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

Subscribe to our newsletter

उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पक्षमा निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनमा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.