Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

छोटो समयमै दश लाख भन्दा बढि दर्शक र श्रोता बटुल्दै “उखु गुलियो” (भिडियो सहित)

0 536

२३ फाल्गुन, काठमाडौँ ।  बहुप्रतिभाशाली लोकदोहोरी क्षेत्रका सदाबहार गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको आवाजमा रहेको लोकदोहोरी गीत पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोकसंगितको क्षेत्रमा चर्चा परिचर्चामा रहेको छ ।

उक्त लोकदोहोरी गीतमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द सिर्जनामा चर्चित सर्जक तथा गायक खेम सेञ्चुरीको लय संकलनमा गायिका जानुका तामाङको लोकदोहोरी कोसेली “उखु गुलियो” ले छोटो समयमा नै दश लाख भन्दा बढि दर्शक र श्रोताहरुको माया पाएको छ ।

सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको लोकदोहोरी गायक तथा मोडल खेम सेञ्चुरी, अञ्जली अधिकारी, जुना सुन्दास, करिश्मा ढकाल, गीता ढुङ्गाना, लोसिना लामिछानेको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा नवराज उप्रेतीले छाँयाकन तथा बिकास ज्ञावालीको सम्पादन रहेको छ । उक्त लोकदोहोरी गीतलाई खेम सेञ्चुरीको आधिकारिक युटूव च्यानलबाट (भिडियो सहित) बजारमा सार्वजनिक गरिएको छ ।

Subscribe to our newsletter

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम सहित पुरा म्यूजिक भिडियो हेर्नुहोला :



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.