Advertisement

भारतमा एकै दिन थप १८ हजार नयाँ संक्रमित , १०८ जनाको मृत्यु

0 281

Advertisement

२३ फाल्गुन, नयाँदिल्ली । कोरोना भाइरसका कारण भारतमा थप १८ हजार तीन सय २७ जना संक्रमित भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा अरू एक सय आठजनाको मृत्यु पनि भएको यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरूले जनाएका छन् । कुल संक्रमितमध्ये एक लाख ८० हजार तीन सयजना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६ सय ५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको
छ । सरकारी अधिकारीका अनुसार यही ५ मार्चका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये सात लाख ५१ हजार नौ सय ३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।

भारतमा देशभरि अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

रासस/एएनआई



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.