Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

0 549


२३ फाल्गुन, काठमाडौं । संस्तित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल आउन दिने तयारी भइरहेको बताएका छन् ।

पिसिआर नेगेटिभलाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै आग्रह गरेको र यो विषय छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारणसभामा उनले त्यस्तो जानकारी दिएका हुन् । सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना र कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.