Advertisement

चिडियाघरमा वनमान्छेलाई अनुसन्धानात्मक खोप

0 515

Advertisement

२३ फाल्गुन, बीबीसी । अमेरिकाको स्यान डिएगोस्थित चिडियाघरमा जीवजन्तुहरुको लागि विशेष अनुसन्धानात्मक खोप लगाइएको छ । त्यहाँ वनमान्छेबीच संक्रमण फैलिएको पाइएपछि नै कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

यसमा चार ‘ओर्याङ्गुटन्स’ र पाँचवटा ‘बोनोबोस’ (वनमान्छेका दुई प्रजातिं) हरुलाई जोटिस भेटेनरी फार्मेटिकल फर्मले निर्माण गरेको दुई डोज खोप लगाइएको हो । त्यहाँका आठ गोरिल्लाहरु गत जनवरीमा कोभिड–१९ पोजिटिभ हुने विश्वकै पहिलो वनमान्छे रहेका थिए । अहिले उनीहरु ठीक भइरहेका छन् ।

अन्तर्राष्ट्रिय संगठन, आइयुसीएनले वनमान्छेको प्रजातिलाई दुर्लभ जीवजन्तुको सूचीमा राखेको हुनाले पनि यसबारे अधिक चिन्ता व्यक्त गरिएको थियो । यसरी खोप लगाउनेमा १९८४ मा विश्वकै पहिलो खुला मुटु शल्यक्रिया गराउने ओराङगुटन प्रजातिको वनमान्छे पनि रहेको छ । चिडियाघरकी प्रमुख संरक्षण अधिकारी नादिन लम्बरस्कीका अनुसार खोप लगाइसकेपछि ती जीवजन्तुहरुमा कुनै गम्भीर असर देखा परेको छैन र खोपको सफलता जाँच गर्न उनीहरुको छिटै एन्टिबडिज परीक्षण गरिनेछ ।

जीवजन्तुहरुमा कोरोना भाइरस देखा परेकाबारे विश्वभरका अन्य चिडियाखानमा पनि खबर गरिएको छ । यसअघि स्पेनको बार्सिलोना चिडियाखाना, न्यृुयोर्कको ब्रोंक्स चिडिायघरमा पनि बाघ र सिंहहरु कोरोना पोजेटिभ भएका थिए । त्यसैगरी कुकुर, बिरालो लगायत विभिन्न प्रजातिका जीवजन्तुहरु कोरोनाबाट संक्रमित भइसकेको पाइएको छ । तर विज्ञहरुले यसलाई दुलर्भ बताउने गरेका छन् ।

जोटिस फर्मले चाहिँ गत वर्षको फेब्रुअरीदेखि कुकुर र बिरालोका लागि कोरोना खोप निर्माण गर्न सुरु गरेको हो । त्यतिबेला हङकङमा कोरोना पोजेटिभ भएको पहिलो घरपालुवा कुकुर फेला परेको थियो । यसपछि गत अक्टोबरको परीक्षणमा यो खोप बिरालो र कुकुरमा सुरक्षित अनि प्रभावकारी साबित भयो र फेब्रुअरीसम्म अन्य जीवजन्तुहरुमा पनि ट्रायल गरियो । तर अझैपनि चिडियाघरमा संरक्षण गरिएका वनमान्छेहरुमा खोपको प्रयोग गर्नु ठूलो जोखिम भएको उनले बताए । लेमबरस्कीका अनुसार कुकुर र बिरालोमा परीक्षण गरिएको खोप प्रायः बाघ र सिंहलाई दिइने गरिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.