Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

0 468

२२ फाल्गुन, काठमाडौं । नेपाल(पाकिस्तान फ्रेन्डसिप टी(ट्वान्टी क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो ।

पहिले ब्याटिङले गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

Subscribe to our newsletter

हाम्रो किचेनका शुभमले ६८ रन बनाए । निखिलले ४८ रन बनाए । पाकिस्तान दूतावासका मिरले २ विकेट लिए ।

हाम्रो किचेनले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको आयोजक दूतावासले अलआउट हुँदै १ सय ७ रन मात्र बनाउन सक्यो ।

उसका लागि अमिरले ५२ रन बनाए । हाम्रो किचेनका शुभमले ३ विकेट लिए । आशिष र अभियानले २र२ विकेट लिए ।

खेलअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा तीन टोली रहेका छन् ।
समूह ुएु मा पाकिस्तान दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेको छन् ।
समूह ुबीु मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् ।
यस्तै समूह सी मा आरएस विधापिठ एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस (आईओई ) रहेका छन् । समूह डीु मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट रहेका छन् ।

प्रतियोगिता तथा दूतावासका प्रेस संयोजक अलिले दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि प्रतियोगिता आयोजना हुँदै आएको बताए । दूतावासका प्रथम सचिव सकिल अहमदले प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.