Advertisement

कोरोना भाइरका कारण बन्द पोखरा – जोमसोम हवाइ सेवा एक वर्षपछि सञ्चालन

0 397

Advertisement

२२ फागुन, जोमसोम । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणका कारण बन्द पोखरा – जोमसोम हवाइ सेवा एक वर्षपछि सञ्चालनमा आएको छ। २०७६ साल चैत्र ११ गते सरकारले बन्दाबन्दी (लकडाउन) गरेसँगै पोखरा—जोमसोम हवाइ सेवा ठप्प भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए। उनका अनुसार मुस्ताङमा एक वर्षपछि शनिबार सुमित एअरको जहाज आएको र भोलिदेखि तारा एअरको जहाज आउने बताए।

सुमित एअरले शनिबार ३ वटा उडान भरेको हो। जसमा ५४ जना भारतीयमुलका पर्यटक मुक्तिनाथ दर्शनका लागि पोखराबाट जहाज चढी मुस्ताङ आएका हुन्। सुमितले पोखरा—जोमसोमका लागि चार्टर उडान मात्र गर्ने जनाइएको छ। पर्यटकको टिकट बुकिङका आधारमा सुमित एअरले सेवा प्रवाह गर्ने बताएको छ।

यस्तै, मार्च ७ अर्थात आइतबारदेखि तारा एअरले पोखरा—जोमसोम नियमित हवाइ सेवा उडान सञ्चालनमा ल्याउने तारा एअर जोमसोम स्थित स्टेशन म्यानेजर सुजन लालचनले जानकारी दिए। उनका अनुसार आन्तरिक पर्यटकका लागि साविकको भाडादर घटाएर २८३० रुपैयाँ कायम गरेको छ।

स्टेशन म्यानेजर लालचनले भने, ‘कोभिडपछि विदेशी पर्यटकको आउजाउ कम हुने हुँदा स्वदेशी पर्यटकलाई लाग्ने भाडा घटाइएको हो। मुस्ताङका लागि पोखरा—जोमसोम हवाइ सेवाका लागि तारा एअर, सुमित एअरले सेवा प्रवाह गर्ने गरेको छ। तर नेपाल एअरलाईन्सको जोमसोममा टिकट बुकिङ काउन्टर र कार्यालय राखे पनि लामो समयदेखि नेपाल एअरको जहाज आउन सकेको छैन।’

मुस्ताङमा पोखरा—जोमसोम हवाइ सेवा सञ्चालनमा आएसँगै मुस्ताङका पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ। जोमसोम स्थित होटल ताजकी सञ्चालिका तृष्णा गौचनले मुस्ताङमा हवाइ सेवा सुचारु भएकाले अब आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न आउने र यसले मुस्ताङको पर्यटन व्यवसायलाई टेवा पुग्ने बताइन्

कोरोनाका कारण एक वर्ष पूरै बन्द रहेको जोमसोम विमानस्थलमा शनिबार पर्यटकीय चहल-पहल बढेको छ। मुस्ताङमा हवाइ सेवा सुचारु भएपछि जोमसोम स्थित एक्यापको पर्यटक चेक पोष्ट समेत खुल्ला गरिएको छ।

चेकपोष्टले मुस्ताङ भित्रिने पर्यटकको विवरण संकलन गर्ने गर्छ। सरकारले गत असोज १ गतेदेखि आन्तरिक हवाइ उडान खुल्ला गरे पनि मुस्ताङमा जहाज आउन सकेको थिएन। मुस्ताङमा हिउँदयाम सुरु भएको र पर्यटकीय गतिविधि पनि न्युन हुन भएकाले निजी एअरलाइन्स कम्पनीहरुले मुस्ताङमा हवाइ सेवा सञ्चालनमा ल्याउन सकेका थिएनन्।

यस्तै, पोखराबाट म्याग्दी हुँदै धावनमार्गबाट मुस्ताङ आउने पर्यटकको संख्या दिनहुँ वृद्धि भइरहेको जोमसोम स्थित ट्राफिक इञ्चार्ज विष्णुबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार बस, जीप र मोटरसाइकलमा दैनिक करिव ५ सय बढी पर्यटक मुस्ताङ आउने गरेको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.