Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान

0 363

२२ फागुन, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।

ला लिगाले मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको छ । मेस्सीले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बन्दै ’प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।

३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले १९ गोल गरिसकेका छन् ।

Subscribe to our newsletter

ला लिगामा बार्सिलोना दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५८ अंक रहेको छ । एनआरएन/Photo: Agency



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.