Advertisement

विश्वभर ९ करोड २२ लाखभन्दा धेरैले जिते कोरोना

0 406

Advertisement

२२ फाल्गुन, काठमाडौ । विश्वभर ९ करोड २२ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ७१ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ९ करोड २२ लाख ६० हजार २८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ६६ लाख ५० हजार ७३८ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १७ लाख ९९ हजार ३४७ छ । यसमध्ये ८९ हजार ४७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ९१ हजार १०६ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ३५ हजार ५६० जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ६२ हजार ९४८ जना, भारतमा १ लाख ५७ हजार ६९३ जना, रूसमा ८८ हजार २८५ जना, बेलायतमा १ लाख २४ हजार २६१ जना, फ्रान्समा ८८ हजार २७४ जना, इटालीमा ९९ हजार २७१ जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.