Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस र आर्मीको विजयी सुरुआत

0 347

२२ फागुन, नेपालगन्ज । सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।

‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमामा साविक विजेता नेपाल पुलिस क्लवले र न्यू डायमण्ड क्लवलाई ३-२ को सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पुलिसले न्यु डायमण्ड क्लवलाई क्रमश २५-१९, २६-२८, २५-१९, १७-२५, १५-८ ले पराजित गरेको हो । पाँच सेटसम्म खेल चलेकोले जितपछि पुलिसको २ तथा पराजित डायमन्डको १ अंक भएको छ ।

Subscribe to our newsletter

यसैबीच, दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले स्थानीय लुम्बिनी युनाइटेड टिमलाई २८-८, २५-८, २५-७ को सेटमा हरायो । जितसँगै आर्मीको ३ अंक पुगेको छ । पराजित लुम्बिनीको शून्य अंक छ । आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच चुनिइन् ।

लिगमा शनिबार दुई खेल हुनेछ । दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब लुम्बिनी युनाइटेड टिमबीच ३ बजे प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको शीर्षस्थानमा रहने टोली लिगका च्याम्पियन बन्नेछ ।

प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमन्ड र लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजातालाई ५ लाख, दोस्रो हुनेलाई दुई लाख, तेस्रो हुनेलाई १ लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । गत वर्ष प्रथम पुरस्कार दुई लाखको रहेको थियो । प्रतियोगिताको पहिलो संस्करण नेपाल पुलिस क्लव, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे ईण्डिया पाँचौमा एपीएफ र छैठौमा पुलिसले विजय हासिल गरेका थिए ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनल फागुन २५ गते हुन्छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.