Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता

0 381

२२ फाल्गुन, काठमाडौँ । इंग्ल्यान्डविरुद्धको अन्तिम तथा चौथो टेस्टको दोस्रो दिन भारतले झिनो अग्रता बनाएको छ ।

अहमदाबादमा दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ ।

दोस्रो दिनको खेल सकिदा भारतले ७ विकेट गुमाएर २ सय ९४ रन बनाएर खेलिरहेको छ ।

Subscribe to our newsletter

भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली शुन्य रनमा आउट भए । वासिंगटन सुन्दर ६० रनमा अविजित छन् ।

इन्ल्याण्डका जेम्स एण्डरसनले ३ विकेट लिए । बेन स्टोक्स र ज्याक लिचले २/२ विकेट लिए ।

यसअघि बिहीबार इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५ रन जोड्दा अलआउट भएको थियो।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेल्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका अक्षर पटेलले ४ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको ४ खेलको सिरिजमा भारत २-१ ले अघि रहेको छ । यो टेष्ट इन्ल्याण्डले जितेमा खेल बराबरी हुनेछ । अन्यथा सिरिज भारतले कब्जा गर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.