Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ ग्रुपमा छुट पाउने

0 337

२१ फागुन, काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ ग्रुपमा छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।

Subscribe to our newsletter

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

#मुक्तिनाथ विकास बैंक



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.