Advertisement

व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन

0 476

Advertisement

तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ ।

एक महिनामा व्यास नगरपालिकाका छ हजार ८७२ को तथ्याङ्क सङ्कलन गरिएको हो ।

नगरपालिकाका १४ वटै वडाका ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्वासी र छ हजार १४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक एकाइका प्रमुख विमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि १४ वडामा २४ तथ्याङ्क सङ्कलन खटाएको थियो ।

व्यास नगरपालिका–१ मा ९२ भूमिहीन दलित, ४९ भूमिहीन सुकुम्वासी, ४१० अव्यवस्थित बसोबासी, ५१० वडा नं २ मा सात भूमिहीन दलित, पाँच भूमिहीन सुकुम्वासी, १४० अव्यवस्थित बसोबासी, १४७ वडा नं ३ मा नौ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी, ३२२ अव्यवस्थित बसोबासी, वडा नं ४ मा ३३ भूमिहीन दलित, २३ भूमिहीन सुकुम्वासी र १६४ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको छ ।

वडा नं ५ मा ५६ भूमिहीन दलित, ३९ भूमिहीन सुकुम्वासी, ६५० अव्यवस्थित बसोबासी, वडा नं ६ मा १५० भूमिहीन दलित, ९५ भूमिहीन सुकुम्वासी र ५२२ अव्यवस्थित बसोबासी, वडा नं ७ मा ३३ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्वासी र ३२८ अव्यवस्थित बसोबासी, वडा नं ८ मा पाँच भूमिहीन दलित, तीन भूमिहीन सुकुम्वासी र २०६ अव्यवस्थित बसोबासी, वडा नं ९ मा १३ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र १३१ अव्यवस्थित बसोबासी, वडा नं १० मा ८० भूमिहीन दलित, ४८ भूमिहीन सुकुम्वासी र ९२४ अव्यवस्थित बसोबासी, वडा नं ११ मा ७७ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी र ८९१ अव्यवस्थित बसोबासी, वडा नं १२ मा १२९ भूमिहीन दलित, १०५ भूमिहीन सुकुम्वासी र ७२५ अव्यवस्थित बसोबासी, वडा नं १३ मा ३६ भूमिहीन दलित, २८ भूमिहीन सुकुम्वासी र ४३१ अव्यवस्थित बसोबासी, वडा नं १३ मा १० भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र दुई सय ९८ अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको छ ।

नगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि सम्झौता गरेको छ । सोहीबमोजिम सबै स्थानीय तहले लगत सङ्कलनको काम गरिरहेका छन् ।रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.