Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0 1,192

२१ फागुन, काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले फागुन ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गरेको हो।

स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

Subscribe to our newsletter

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.