Advertisement

अब नेपालमा हिंसात्मक द्वन्द्व हुने छैन, नेपाल शान्तिपुर्ण इतिहासमा प्रबेश गरेको छ: प्रधानमन्त्री ओली

0 847

Advertisement

लक्ष्मण फुयाल

२१ फागुन, काठमाडौं । प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा नेपाल सरकार र नेकपा कम्युनिस्ट पार्टी ( नेकपा बिप्लब )समूह बिच सम्पन्न सहमतीमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलि , उपप्रधानमन्त्री ईश्वर पोखरेल , गृहमन्त्री राम बहादुर थापा ( बादल),पूर्व सभामुख शुभास नेम्वाङ ,नेकपा बिप्लब महासचिव नेत्रबिक्रम चन्द, धर्मेन्द्र बास्तोला, नेकपा बिप्लब समूह केन्द्रिय प्रबक्ता खड्क बहादुर बिश्वकर्मा, उदय चलाउने ( दिपक) लगाएत पत्रकारहरुको उसस्थित रहेको हो ।

कार्यक्रमा नेपाल सरकार तथा विप्लव नेतृत्वका नेताहरुले सम्झैताको बारे बोलेका थिए ।

कार्यक्रमा कसले के भने

उदय चलाउने ( दिपक ले ईतिहासको रचना गर्ने बेला केही आकस्मिक चुनौतीको बाबजुत पनि समस्याको समाधान हुन्छ।

नेपाल सरकार र हामी बिच भएको बार्ताले एतिहासिक दिन भएको छ। नेपाली माटो र नेपाली जनताको अपेक्षा सम्बोधन गर्ने गरि यो नेपालको अग्रगमनलाई ध्यान राख्दैन आज हामिले यो कार्यक्रममा उपस्थिति भएका छौ। भन्दै स्वागत मन्तव्य दिएका छन् ।

राजन भट्टराई : कार्यक्रमा नेपाल सरकार तथा विप्लकको पार्टी विच भएको सहमति बुद्धाहरु उल्लेख गरेका छन् ।

तीन बुदे सम्झौताका बुदाहरु:
१ : सुबै पक्ष नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी देसको राजनितीक समस्याहरुमा बार्ता तथा सम्बाद बाट समाधान गर्न सहमत भएका छौ ।
२ : नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु सान्तिपुर्व रुपमा संचालन गर्न सहमत भएको छ ।
३ : नेपाल सरकारले नेकपा माथी लगाइएको प्रतिबन्ध हटाउन र कारागारमा रहेका सम्पुर्ण नेता तथा कार्यकर्ताको रिहाई तथा सम्पुर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

नेत्रबिक्रम चन्द : नेपालको राजनीतिको नयादिन सृजना गर्न र यो तीन बुदे सहमती भएको छ।नेपाली जनताको आज सम्म पूरा नभएको आकांक्षा पूरा गर्न दुई पार्टीको प्रतिबद्ध गर्ने छौ।

साथै उनले यो सहमत दुई पार्टीको सहमती मात्र होईन सम्पुर्ण नेपाली जनताको चाहाना नेपालीको समृद्धि र नेपालि युवाहरुले चाहेको सुन्दर जिवनको आकांक्षालाई मध्यनजर गर्दै हामी आज यहाँ खुसी साथ उपस्थिति भएको बताएका छन् ।

आज सम्म धेरैको चाहाना पूरा भए तर सहिदका चाहाना र नेपाली जनताका चाहाना पूरा भएको छैन् ।झापा आन्दोलन देखि हाम्रा अग्रजहरुले गर्नु भएको योगदान अबिस्मरणिय छ।हामी हाम्रो ज्यान बलिदान गर्न सक्छौ तर सहिदका सपना मार्न सक्दैनौ।हाम्रो नेता कार्यकर्ताहरु अब छुट्दै छन केही छुटी सक्नु भएको कुरामा जोड दिएका छन् ।

उनले भने परीबेश र परिस्थितिमा कम्युनिस्ट आन्दोलनको चरम चरणमा पुग्न सक्छन र राज्य आफ्नो दायित्व सफल रुपमा पूरा गरेको खण्डमा कम्युनिस्टजति शान्तिप्रिय कोहि हुदैनन् ।

हामी तीन बुदेमा प्रतिबद्ध छौ यसमा कसैले शंका नगर्दा हुन्छ।जनतलाई नया फैसलाको अधिकार दिनु पर्छ। बिदेशिको हस्तक्षेप आफू र आफ्नो पार्टीलाई सैय नहुने भने ।

उत्पिडित समुदायले राहतको अनुभुती गर्न सकेन र नेपालको संसदिय व्यबस्थाको जुन गलत व्याख्या भयो हामी त्यसको विरुद्धमा राजनीतिक रुपान्तरणका लागि हामी लडेका हौ भनेका छन् ।

कार्यक्रमा प्रधानमन्त्री केपि शर्मा ओलिले आज भन्दा ४८ बर्ष अघि ठिक आजकै दिनमा राजनीतिक परिबर्तनका लागि लडेका ५ जनाको जेल सार्ने निहुमा हत्या गरियो उहाहरुको सम्झनामा आज हार्दिक समबेदना प्रकट गर्न चाहान्छु।

उनले म नेकपा महासचिब बिप्लबलाई यस ऐतिहासिक कदमको लागि हार्दिक धन्यवाद भन्न चाहान्छु भन्दै बिप्लबले एउटा साहसी कदम चाल्नु भएको छ नेपालि जनताले शान्ति खोजेको छ।त्यो चाहाना अनुसार शान्ती प्रक्रियामा आउनु भएको छ अब नेपालम पुर्ण रुपमा शान्ती छाएको छ।

अब नेपालमा हिंसात्मक द्वन्द्व हुने छैन नेपाल शान्तिपुर्ण इतिहासमा प्रबेश गरेको छ। हामीले यो कदम रातारात चालेका होईनौ हामिले बर्षौ बर्ष देखि बार्ता चलाईरहेको थियो र बार्ता गरै भने ।

हामिले १० बर्ष देखि सम्बन्ध बनाई रहेका थियौ र त्यो बार्ता देखि उहाले मलाई बिश्वास गर्नु भएको थियो त्यसैले आज यो ठाउँ सम्म आईपुगौ।

उहाले शान्तिपुर्ण रुपमा अब आफ्ना गतिविधि गर्नु हुनेछ र उहाहरुका नेता कार्यकर्ताहरु प्रक्रियागत ढंगले हामी छोड्ने छौ। उहाँ र हामी एउटौ उदेश्यका साथ अगाडि बढेका छौ।यो समय कसैलाई होचो सानो भनेर गलत देखाउने समय होईन सबैको एकता बाट देस लाई समृद्धि तिर लगेर आगाडि बढ्ने बेला हो।

साथै उनले हामि असल मनसायका साथ अगाडि बढ्न सक्छौ। कुनै मानिस मरीहत्य गरि देशलाई बर्बाद पार्न खोज्दै हुनुहुन्छ।आफ्नो बहुमतको प्रधानमन्त्रीलाई फालेर किस्तिमा प्रधानमन्त्री बनाउन खोज्दै हिड्नु भएको छ।नेतृत्व छोड्ने नेतृत्व गरिदिनुस भन्दै हिड्ने।एउटा भ्रम फैलाउदै हिड्नु भएको छ प्रधानमन्त्रीले अरु कसैलाई प्रधानमन्त्री बनी दिनुस् भन्दै हिड्नु भएको छ त्यो होईन र हामी अरु कसैलाई प्रधानमन्त्री को प्रस्ताव राख्दैनौ।सरकार ढाल्न उधम प्रयास गर्दै हिडेका छन् भनेर नेकपा अर्को समूह नेपाल -प्रचण्डको आलोचना गरेका छन् ।

अहिलेको सरकार एकदमै सफल हो। संयुक्त राष्ट्रले नेपाललाई अल्पबिकशित बाट बिकाशिल राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ। हामी झ्याल बाट होईन सिधै सिंहदरबारको ढोकाबाट आएका हौ। के व्यक्तिले कम्युनिस्टलाई बदनाम गर्न खोजे पनि कम्युनिस्ट पार्टी बदनाम हुदैन भनेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.