Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एकीकृत पाठ्यक्रमका लागि शिक्षकलाई तालिम

0 404

२१ फागुन, हापुरे दाङ । बबई गाउँपालिकामा कक्षा १ मा लागुभएको नयाँ पाठ्यक्रमका बिषयमा शिक्षकलाई तालिम दिन सुरु गरेको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

शिक्षकलाई नयाँ पाठ्यक्रमको एकीकृत स्वरुप, पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुलाई तालिम दिन सुरु गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा कक्षा १ देखि ३ सम्मका बिद्यार्थीको शिक्षा सुधारका लागि तालिम दिन सुरु गरिएको हो ।

Subscribe to our newsletter

शाखा प्रमुख मोहनलाल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले शैक्षिक सुधारका लागि साना बालबालिकाको पढाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

बबई गाउँपालिकामा शिक्षाको सुधारका लागि प्रयास निकै भएको भन्दै त्यसमा शिक्षक, अभिभावक र बिद्यार्थीको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, शिक्षा शाखाका रामचन्द्र वलीले बोल्नुभएको थियो । बबई गाउँपालिकाका रहेका प्राथमिक तहका शिक्षकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण जनता माबि हंसपुरका प्रधानाध्यापक मोहनकुमार दाहालले गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.