Advertisement

सरकारद्वारा ताप्लेजुङका आगालागी पीडितलाई प्रतिपरिवार ५० हजार राहत दिइने

0 433

Advertisement

२१ फाल्गुन, विराटनगर ताप्लेजुङको मेरिङदेन ३, दोभानका आगलागी पीडितलाई प्रदेश १ सरकारले राहत सामग्री उपलब्ध गराएको छ ।

आगलागीले ध्वस्त भएको बस्तीमा पुगेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राहत सामग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका छन् ।

प्रदेश सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताए । त्यस्तै डेराम बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँ नगद उपलब्ध गराउने पनि मुख्यमन्त्री राईले सुनाए ।

आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको मागअनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने आश्वासन दिए । उनले भने, “संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको छ ।”

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेललगायत खाद्यान्न र म्याट्रेस बिहीबारै हस्तान्तरण गरिएको छ । आगलागीमा परी घाइते भएका मेरिङदेन ३ दोभानका भोला पौडेललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य टंक आङबुहाङ, प्रतापप्रकाश हाङगामलगायत आगलागी बस्ती पुगेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.