Advertisement

एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा

0 363

Advertisement

२१ फाल्गुुन, एजेन्सी । एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । दोस्रो लेगमा बिल्वओले अतिरिक्त समयमा जित निकालेको हो । बिल्वाओको जितमा राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका रोजरको गोल सान्त्वना बन्यो ।

भ्यालेन्सियामा बिहीबार राति भएको खेलमा लेभान्टेले १७औं मिनेटमा रोजरको गोलबाट अग्रता लिएको थियो । उनले रुवेन रोचिन्हाको पासमा गोल गरेका थिए ।

३०औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इनाकी विलियम्सलाई पेनाल्टी बक्समा ओस्कार डुआर्टेले लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै बिल्वाओलाई पेनाल्टी दिएको थियो । जसमा गार्सिया चुकेनन् ।

त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाए ।

अब बिल्वाओले उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति सेभियालाई ३–२ ले हराउदै फाइनलमा स्थान बनाएको थियो । फाइनल १७ अप्रिलमा हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.