Advertisement

रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक लोकेन्द्र बहादुर दादागिरी

0 756

Advertisement

रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक लोकेन्द्र बहादुर दादागिरी, पावर दखि पैसा सम्म सेटिङ्ग, गरिबकाे आँखामा भने आँशु, पिडित भन्छन् गरीबके दिन गए। बाचनुकाे अर्थ छैन?

२० फागुन, काठमाडौं ।  रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक तथा पूर्व एसएसपी लोकेन्द्र बहादुर मल्ल शक्ति केन्द्रको दबावमा र पैसाकाे सेटीङ्गमा छुटेका छन् । कति पैसाकाे सेटीङ्ग गरे भन्नेमा चै हामी एकिन भएनाैं तर, पैसाकाे कुरा चै हामीले गाइ-गुइ सुनेका हाैं । पिडितकाे आफन्तले नाम नखुलाउने सर्तमा हामिलाई भने।

जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर अमर गजमेरकाे भाइ…
‘उनी आजै २ बजे धरौटीमा छुटेका हुन् पीडितसँग कुरा गर्न मिल्दैन भने, उनले अर्को कुरा गर्न सक्छिन्,।’ ‘जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेको हो ।’

जिल्ला प्रशासन कार्यालय मकवानपुरले उनलाई तीन हजार धरौटीमा छुटाएको हो । कुटपीटको अभियोगमा पीडित महिला कर्मचारीले जाहेरी दिएपनि प्रहरीले मल्ललाई अभद्र व्यबहारमा जिल्ला प्राशासन कार्यालयबाट म्याद थपेको थियाे। जिल्ला अदालतबाट म्याद नथपिई सेटिङमै उनलाई उन्मुक्ति दिइएको स्रोतले जनायाे ।

उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

के भन्छिन् पिडित महिला?

‘जिल्ला अदालतमा जानुपर्ने मुद्दा सिडिओमा लगेर टुंग्याइएछ । म माथि हाकिमसापले दुर्व्यबहार मात्रै होइन कुटपीट समेत गर्नु भएको होः पिडित महिला

पूर्व एसएसपी भएका कारण प्रहरीले पीडितलाई न्याय दिलाउन सहयोग गर्नुभन्दा पनि थप पीडा दिने गरि धरौटीमा छाडेको पीडितले गुनासाे पाेखिन् अब, हामी गरीबका दिन गए जस्ताे छ सर। हामी गरीब बाँच्नुकाे कुनै अर्थ छैन भन्दै आँखा भरि आँशु पारीन्, ति महिलाले।

आफन्तले भने,‘प्रहरीकै मिलेमतोमा पीडितलाई अन्याय भएको छ । हामी प्रहरी र प्रशासन विरुद्ध नै मुद्दा मामिलामा जानेछौँ ।’

शुरुमा पीडितलाई सहमति गर्न दबाब दिए पनि सहमति नभएपछि हतार हतारमा जिल्ला प्रशासनमा उपस्थित गराई मल्ललाई आज छाडिएको हो । मल्लमाथि उद्योगभित्र कर्मचारीहरुमाथि आतंक खडा गरेको आरोप लागेको छ । मकवानपुर प्रहरीले मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेपनि आज जिल्ला प्रशासन लगेर छुटाएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.