Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल भित्रिने तयारीमा ओप्पो एफ१९ प्रो

0 822

२० फागन, काठमाडौं । ओप्पोले आउँदो सोमबार भारतमा आफ्नो नयाँ फ्ल्यागशिप मोडल ओप्पो एफ१९ प्रो सार्वजनिक गर्दै छ । यो फोन नेपाली प्रयोगकर्तामाझ पनि छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ओप्पो एफ१९ सर्वाधिक लोकप्रिय सिरिज भएकाे कम्पनीकाे दाबी छ । यो सिरिजको फोन कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो । त्यही सिरिजमा प्रयोगकर्तालाई थप नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ एफ१९ प्रो भित्र्याउने तयारी भएकाे हाे ।

कम्पनीका अनुसार अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक प्रविधिका साथ याे फाेन निर्माण गरिएकाे छ । याे फाेन एन्ड्रोइड ११ मा रन हुनेछ भने प्राेसेसरकाे रूपमा मिडियाटेक एमटी६७७९भी हेलियो रहेकाे छ ।

Subscribe to our newsletter

फोनमा चार वटा क्यामेरा रहेको छ । जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगा पिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ लेन्स रहेकाे छ । त्यस्तै सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको क्यामेरा रहने छ ।

यो फोन ६ र ८ जीबी र्‍याम तथा १२८ र २५६ जिबी इन्टर्नल स्टाेरेज अप्सनमा किन्न सकिनेछ । ब्याट्रीकाे कुरा गर्दा फाेनमा ४३१० एमएएचको ब्याट्री रहेकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.