Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्ष कोसेली

0 424

२० फागुन , सिसहनिया (देउखुरी दाङ) लुम्बिनी प्रदेशको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिकामा स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसली दिन थालिएको छ ।
राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य ईकाईमा बच्चा जन्माउने आमा र नवजात शिसुलाई उपाध्यक्ष कोसली दिन थालिएको हो ।

स्वास्थ्य चौकीमा सुत्केरीलाई कोसेली

विहिवार एक कार्यक्रमको आयोजना गरि लालमटिया र सिसहनिया स्वास्थ्य चौकीहरु बाट कोसेली दिने कार्यक्रमको उद्घाटन गरिएको छ ।

Subscribe to our newsletter

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, निमिक्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारी, स्वास्थ्य चौकी प्रमुख धन बहादुर खड्का लगायतको सहभागीतामा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले सुत्केरीलाई कोसेली स्वरुप आवस्यक सामाग्री प्रदान गरि कार्यक्रमको सुरुवात गर्नु भएको हो ।

संस्थागत प्रसुतिलाई थप प्रोत्साहित गरी मातृ मृत्यु तथा नव शिशु मृत्यु कम गर्न उपाध्यक्ष कोसेली कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसुति भएको समयमा उपाध्यक्ष कोसेली दिईनेछ । उपाध्यक्ष कोसेली अन्तर्गत पेटीकोट १ पिस, पेन्टी  १ पिस, सेनिटरी प्याड १ पाकेट, नङकट १ पिस, लुगाधुने सर्फ आधा किलो, जोन्सन वेवी सोप १ पिस, जोन्सन वेवी पाउडर १ पिस, जोन्सन वेवी ओइल १ पिस राखीएको छ ।

उपाध्यक्ष कोसेली वितरण कार्यको शुरुवात राप्ती गाउँपालिकाको उपाध्यक्षबाट गरि सम्बन्धीत बर्थिङ सेन्टरको सेवा प्रदायकले उपाध्यक्ष कोसेली सबै प्रसुति सेवाग्राहीलाई यथास्थानमै दिईने ब्यवस्था मिलाईएको छ ।

राप्ती गाउँपलिकामा संस्थागत सुत्केरी बृद्धी गरी आमा तथा नवजात शिशु मृत्युलाई कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता प्राप्त कार्यक्रमको रुपमा संचालन गरिंदै आएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत

सुन्य होम डेलिभरी वडा घोषणा कार्यक्रम लाई अभियानको रुपमा संचालन गर्दै शतप्रतिशत संस्थागत प्रसुति गराई असुरक्षित प्रसुतिबाट हुने मृत्युको जोखिम कम गरी मातृ मृत्यु दर घटाउने प्रयास भैरहेको छ ।

घरमा हुने प्रसुति घटाई संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्ने, मातृ मृत्यु तथा नवशिशु मृत्यु घटाउन, प्रोटोकल अनुसारको ४ पटक गर्भ जाँचलाई प्रोत्साहन गर्न, उत्तर प्रसुति सेवा लिन प्रोत्साहित गर्न, सुत्केरी तथा नवजात शिशु स्याहार बारे जानकारी दिई प्रसुति पछि हुने जोखिम कम गर्न साथै प्रसुति अवस्थामा सरसफाईको महत्व बारे जानकारी दिन यो कोसेली कार्यक्रम सुरु गरिएको बताईएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.