काँग्रेस प्रवेशको लहर

0 333

२० फाल्गुन, काठमाडौं । रसुवामा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेको लहर बढेको छ । नेपाली काँग्रेस रसुवाका प्रतिनिधी सभा सदस्य इञ्जिनीयर मोहन आचार्यको सक्रियतामा रसुवामा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेशको लहर बढेको हो ।

पार्टी प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी रसुवाका अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपा महिला केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेपाल कम्युनिष्ट पार्टी रसुवा जिल्ला कार्यसमिति सदस्यद्धय सोनाम छिरिङ तामाङ र लासेन तामाङ, नेकपा रसुवा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष घ्याल्साङ तामाङ, नेकपा गाउँ कमिटि सचिव दावा तेन्जेङ लामा, नेकपा वडा संयोजक पेम्बा धार्के मेघी  रहेका छन् ।

यस्तै, नेकपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सचिव पेम्बा छेदेन तामाङ, जनता समाजवादी पार्टी रसुवाका कार्यवाहक अध्यक्ष यब्दी तामाङ, जसपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सदस्य नेमा छिरिङ थोक्रा, जसपा जिल्ला समिति सदस्य सुप्पा थोक्रा तामाङ, बुद्धिमाया थोक्रा, छेसाङ थोक्रा, कुमार नेघी, अनिता नेघी, निमा साङ्बो थोक्रा, सुनिता थोक्रा, तेन्जेन सेरेप तामाङ, स्थानीय बुद्धिजीवी प्राध्यापक शङ्कर अधिकारी प्रवेश गरेका छन् ।

यसैगरी, स्थानीय समाजसेवी पेम्बा डिन्डुप तामाङ, केसाङ तामाङ, हरि लामा, निमा छिरिङ तामाङ, दावा वाङ्दी तामाङ, नेपाल लोकतान्त्रिक यातायात समितिका जिल्ला अध्यक्ष प्रदीप खड्का, लाप्पा तामाङ र दावा छोमु तामाङलगायत प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र रसुवाबाट प्रतिनिधी सभामा विजयी सांसद मोहन आचार्यले स्वागत गर्नुभएको थियो ।

यसअघि विस २०७५ फागुन १३ गते रसुवामा भव्य कार्यक्रमको आयोजना गरि तत्कालिन नयाँ शक्ति पार्टीका जिम्मेवार नेता तथा कार्यकर्तालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, युवा नेताद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराउनुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.