स्वीडेनमा एक व्यक्तिले अन्धाधुन्ध बन्चरो प्रहार गर्दा कम्तीमा ८ व्यक्ति घाइते
२० फाल्गुन, काठमाडौं । स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध बन्चरो प्रहार गर्दा कम्तीमा ८ व्यक्ति घाइते भएका छन्। बिहीबार अपराह्न भएको घटनाकाे प्रहरीले विस्तृत विवरण भने खुलाएकाे छैन।
प्रहरीले उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो। २० वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पुर्याएको छ। प्रहरीले ती व्यक्ति स्वेडीस नागरिक हो वा होइन भन्ने बारेमा केही खुलाएको छैन।
प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ। स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीन जना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुई जनाको चोट निकै गम्भीर प्रकृतिको रहेको जनाएको छ।