Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोभीड भ्याक्सिनका बिषयमा अभिमुखीकरण गोष्ठी सम्पन्न

0 435

२० फागुन, हापुरे दाङ । बिश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसको नियन्त्रणका लागि भ्याक्सिन लगाउन बबईमा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।

स्थानीय जनप्रतिनीधिको सहभागीतामा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । बबई गाउँपालिकामा फागुन २३ गतेदेखि चैत्र २ गतेसम्म कोरोना भ्याक्सिन लगाउने तयारी थालिएको छ ।

Subscribe to our newsletter

तेस्रो चरणमा शिक्षक, पहिले खोप लगाउन छुटेका कर्मचारी, महिला स्वास्थ्य स्वयमसेबिका, जनप्रतिनीधि र ५५ बर्ष उमेर पार गरेका नागरिकका लागि खोपको ब्यबस्थापन गरिएको छ । स्थानीय पालिकामै खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम समेत प्रदान गरिएको छ । गर्भवती महिलाले बाहेक सबैले खोप लगाउन मिल्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

बबई गाउपालिकामा फागुन २३ गतेदेखि २६ गतेसम्म स्वास्थ्य चौकी हंसपुर, हापुरे स्वास्थ्य ईकाईमा फागुन २७ गतेदेखि २९ गतेसम्म, बबरपुर स्वास्थ्य ईकाई केन्द्रमा चैत्र १ र २ गते, पञ्चकुले स्वास्थ्य चौकीमा फागुन २४ र २५ गते खोप लगाउने स्वास्थ्य शाखा प्रमुख हेमराज वलीले जानकारी दिनुभएको छ ।

यस्तै आधारभूत स्वास्थ्य केन्द्र चरकमटियामा २५ र २६ गते, मलईका लागि फागुन २७ गते, आधारभूत स्वास्थ्य केन्द्र गंगटेमा २३ र २४ गते र सिमलकुनामा २५ गते खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख वलीले जानकारी दिनुभएको छ ।

यसैबीच गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलको संयोजकत्वमा खोप समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ७ जना वडा अध्यक्ष, महिला स्वास्थ्य स्वयमसेबिका ईन्द्रा भुषाल, सामुदायिक बिद्यालयका तर्फबाट जनश्रम आधारभूत बिद्यालय हस्तनापुरका अध्यक्ष निमबहादुर बिक, जनकल्याण माबि पदमपुरका प्रधानाध्यापक गणेश केसी, स्थानीय सस्थाको तर्फबाट रुपेश गाहा मगर, सञ्चारकर्मीको तर्फबाट प्रेमबहादुर राम्जा सदस्य र स्वास्थ्य शाखा प्रमुख सदस्य सचिब रहेको समिति गठन गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.