Advertisement

बिरामी भएर थला परेका गोलबजारका पीडितलाई मस जोडी को सहयोग

0 434

Advertisement

२० फागुन, लहान । महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्य द्धरा गोलबजार नगरपालिका वडा नः ५ का स्थाई वासी राम कुमार मोचीको भाई २६ बर्षशीय रामउदगार मोचीलाई ५ं० के.जी,चमाल,नुन र खाने तेल सहयोग गरेको छ ।

करिब ५ महिना देखी ढोढाई मोची र उनको पत्नी मुसहर्नी देवी मोचाीको छोरा राम उदगार माचीको ग्रसित रोगी जिवनको मुक्त पाउनको लागी यस लहान नगरपालिका काङ्ग्रेस नेता तथा समाज सेबि महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्यले पीडित राम कुमार मोचीको भाई सहित सबै परिवारलाई राहत सहयोग गरेका छन ।

राम कुमार मोचीको परिवारमा ९ जना सदस्य रहेका छन । महिला ४ जना पुरुष ५ जना गरी सँयुक्त परिवारमा बसोवास गरेका छन । मोचीसंग जग्गा जमिन केहि नरहेको स्थानीयको भनाई छ। उनीको घर परिवारमा कमाउने राम कुमार बाहेक अरु कोही छैन । आमा वुवा अरुको खेतमा ज्याल मजदुरी परिवारलाई पालन पोषण गरेका थिए । तर यो दिमागी रोगीको कारणले सबै परिवार दुखित जिवन विताउनु परेका्े छ ।

खानाको लागी चमाल,दाल,नुन तेल सम्म उनीसंग छैन । भए भरको सबै रकम भाई राम उदगार मोची उपचारमै खर्च भई सकेको छ । विराटनगरको न्युरो अस्पतालमा २ महिना सम्म उपचार गराउँदा भएका १ कठ्ठा १० धुर जग्गा पनि बैँकमा राखिएको छ । दैनिक गुजाराको लागी माग चाँग गरी जिवन विताउनु परेको कुरा राम कुमार मोचीले बताउनु हुन्छ ।

यस्तो अवस्थाको दिन दुखी लाई महेश चौधरी र उनको श्रीमतीले सहयोग गरेका हुन् ।पीडित परिबार बाट सहयोगि हात लाई धेरै धेरै धन्यवाद दिएका छन् ।

यस्तो अदारणीय समाजसेवीहरुलाई समजमा उच्च स्थान नै रहन्छ । तर यसरी मानव कर्तव्यको गुण भएको महेश चौधरी र उनको पतनी नै हो उनले बर्णन गरेका थिए ।

लहान र सिरहा जिल्ला भरीमा धेरै छन । तर यसरी दखी,बेसहरा,पिडितलाई सहयोग गर्दै आईरहेका छन । लकडाउनको समयमा पनि लहान नगरपालिकाको कयौँ दलित वस्ती र विपन्न परिवारहरुलाई राहत सहयोग गरेका कुरा जगजाहेर रहेका कुरा सहकर्मी राम सेवक राम बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.