Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतीय सुरक्षाकर्मीको चेकजाँचमा महिलाको कपडा च्यातिएपछि स्थानीयद्वारा बेलहिया नाका घेराउ

0 519

२० फाल्गुन, भैरहवा । : भारतको सीमावर्ति बजार सुनौलीमा सामान किन्न गएकी नेपाली महिलालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)काे चेकजाँचका क्रममा महिलाको कपडा च्यातिएपछि बेलहियाका स्थानीयले नाका घेराउ गरेका छन्।

भारतीय सुरक्षाकर्मीको चेकजाँचका क्रममा महिलाको कपडा च्यातिएपछि त्यसकाे विरोधमा नाका घेराउ गरिएकाे स्थानीय माधव शर्माले जानकारी दिए। घटनाको विरोधमा स्थानीय स्वतःस्फूर्तरूपमा नाका घेराउ गर्न आएको उनले बताए।

सुनौलीतर्फ जाँदै गरेकी नेपाली महिलाको भारतीय सुरक्षाकर्मीको चेकजाँचमा कपडा च्यातिएपछि बेलहियामा तनाव सिर्जना भएको रूपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए।

Subscribe to our newsletter

‘चेकजाँच गर्ने क्रममा कपडा च्यातिएको रहेछ। जानबुझमा च्यातियो कि अन्जानमा त्यो भने खुलेको छैन,’ रूपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेलले भने।

नाकामा तनाव सिर्जना भएपछि नेपाल र भारतले नाकामा सुरक्षाकर्मीको संख्या बढाएको बताइएको छ।

नेपाल र भारतका सुरक्षाकर्मीबीच छलफल । घटनाबारे दुवै देशका सुरक्षाकर्मीबीच सुनौलीमा छलफल भइरहेको रूपन्देही प्रहरीले जनाएको छ।

छलफलमा नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका डिएसपी र भारतीय सुरक्षाकर्मीको तर्फबाट डिएमको सहभागिता रहेको रूपन्देहीका प्रहरी प्रमुख पोखरेलले जानकारी दिए।

भारतीय पक्षले यसअघि पनि नेपालीमाथि पटक–पटक दुर्व्यवहार गर्ने गरेको थियो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.