Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राप्तीमा स्थानीय पाठ्यक्रम निर्माणको लागि कार्यशाला

0 403

१९ फागुन, मसुरीया (देउखुरी दाङ) । राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणको लागि विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको छ ।

आगामि शैक्षिक सत्र देखी स्थानीय पाठ्यक्रम लागु गर्ने गरि तयारी स्वरुप विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको हो ।

Subscribe to our newsletter

राप्ती गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष, क्रियाशिल राजनैतिक पार्टि प्रतिनिधि सहभागि रहेको कार्यशालामा शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक बिश्वास विकले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यशालामा आगामी आगामि शैक्षिक सत्रलाई लक्षित गरि स्थानीय पाठ्यक्रम निर्माण गरिने योजना बनाईएको छ ।

पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि बिषयबस्तु छनौट सम्वन्धि कार्यविधि २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि अभ्यास गरिएको छ भने आगामी २ थप दुई दिन विषय विज्ञ तथा स्थानीय पाठ्यक्रम निर्माण विज्ञ  सहितको कार्यशाला गरिने भएको छ ।

स्थानीय पाठ्यक्रमको अवधारणा, स्थानीय पाठ्यक्रमको सन्दर्भ, स्थानीय पाठ्यक्रमको सिद्धान्त, स्थानीय पाठ्यक्रमको सन्दर्भमा अन्तराष्ट्रिय परिदृष्य, स्थानीय पाठ्यक्रमका तत्व तथा मान्यता, स्थानीय पाठ्यक्रम निर्माणका सैद्धान्तिक आधार, स्थानीय पाठ्यक्रमको विकास, निर्माण र कार्यान्वयनका चुनौति, स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको औचित्य, स्थानीय पाठ्यक्रमको ढाचाका बारेमा कार्यशालामा छलफल गरिएको युवा तथा खेलकुद शाखा युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभएको छ ।

विश्वव्यापी रूपमा सोच देखी स्थानीय रूपमा कार्यान्वयनमा ल्याऊ भन्ने मध्यमार्गी, समन्वयकारी अवधारणालाई मुर्त रूप दिनका लागि स्थानीय पाठ्यक्रमको आवश्यकता रहेका र गुणस्तरीय शिक्षाको महत्वपुर्ण आयामको रूपमा पाठ्यव्रmमका विषय वस्तुलाई सान्दर्भिक गराउनपर्ने साथै विभिन्न स्थानीय, सास्कृतिक, सामाजिक स्थानीय पाठ्यव्रmम निर्माणको कार्यलाई प्रोत्साहन गर्न स्थानीय पाठ्यक्रम कार्यान्वयनको आवस्यक रहेको बताईएको छ ।

स्थानीय पाठ्यक्रम निर्माणका सवालमा धेरै बाधा व्यबधानहरू आइपर्ने र तिनको समाधानका लागि प्राविधिक, विशेषज्ञ, शिक्षाविद्, शिक्षक, शैक्षिक सामग्री आदिको समुचित प्रयोग र परिचालन आवश्यक रहेको समेत कार्यशालामा जानकारी गरिएको छ । कार्यशालामा स्थानीय पाठ्यक्रम विकास गर्दा राप्ती गाउँपालिकामा आवश्यकता पहिचान गरि स्थानीय तहका सरोकारवाला, विज्ञ, कुन कुन विषयमा स्थानीय तहको पाठ्यक्रम विकास गर्न सकिन्छ, सो को आधार, आवश्यकता पहिचान गर्ने क्षेत्रहरु, सबैभन्दा बढी व्यक्तिले चाहेको र स्थानीय आवश्यकताको विषय, व्यवसायिक तथा गैह्र व्यावसायिक क्षेत्रलाई जोड दिईने भएको छ ।

सक्षमता निर्धारण गर्दा वैज्ञानिक, मापनयोग्य, विश्वसनियता, उपलब्धिमुलक र समयसीमाभित्र शिक्षण गर्न सकिने गरी तयार गरि विद्यार्थीको उमेर, अवस्था, बाल मनोविज्ञान, सिकाइस्तर, कक्षातह, विषयवस्तुको प्रकृति, स्रोत र साधनको उपलब्धता र उपयोग जस्ता कुराहरुलाई ध्यान दिईने शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.