अवैध लागूऔषध सहित १३ जना पक्राउ

0 404


१९ फागुन, काठमाडौं ।
काठमाडौंका लागायत देशका विभिन्न ठाउँहरुबाट झापा, म्याग्दी, कपिलवस्तु र पर्साबाट अवैध लागूऔषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्धका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ३ हजार पिस नाइट्राभेट सहित बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३६ वर्षीय हरि बहादुर तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ७० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित रोल्पा करेटी गाउँपालिका-२ बस्ने १९ वर्षीय राजु थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ९२५ नम्बरको बसलाई नागढुङ्गा चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार थापाको साथबाट उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।


यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ नगरपालिका-९ बस्ने ३९ वर्षीय श्याम बहादुर मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौंतर्फ आँउदै गरेको बा.३ ख ८९३१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बसका चालक मगरलाई पक्राउ गरेको हो ।


काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ बीरेन्द्रचोक ओमटोल डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-५ घर भएका २० वर्षीय पुरन मगर लगायत ३ जनालाई नियन्त्रित लागूऔषध ३२ एम्पुल फेनारगन, ३२ एम्पुल डाइजेपाम, ३३ एम्पुल नोर्फिन र २ सय ८५ ट्याब्लेट नाइट्राभेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


झापा, मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दमक नगरपालिका-१ डेरा गरी बस्ने पाचँथर आङना घर भएका २३ वर्षीय गणेश खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खत्रीको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।


म्याग्दी, मालिका गाउँपालिका-३ डाँडागाउँ पात्ले बस्ने ६३ वर्षीय हर्क बहादुर रोकालाई २० किलो ९ सय ग्राम अवैध लागूऔषध पोल्याण्ड, ५ थान र्‍यापिङ पेपर, १ थान चाल्ने मेशिन, ५ वटा बिभिन्न तौलका ढकहरु, ४ थान धुलो बनाउन प्रयोग गरिने सेतो रङको प्लाष्टिक र ३ थान कपडा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रोकाले आफ्नै गोठमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले गोठमा तलासी गर्ने क्रममा काठको फलेकमाथि घाँसले छोपी लुकाई राखेको अवस्थामा उक्त लागूऔषध तथा विभिन्न सामग्रीहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।


कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिंगेटबाट ३ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित भारत घर भएका ४५ वर्षीय जोरपृत सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, ठोरी गाउँपालिका-५ स्थित पर्सा राष्ट्रिय निकुञ्ज निर्मल बस्तीबाट २९ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा नेपाली सेनाको गस्ती टोलीलाई देखि लागूऔषध गाँजा बोकी हिँडिरहेका व्यक्तिहरुले गाँजा छाडी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो । घटनामा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.