नेपाल टेलिकमको लाभांश सार्वजनिक
१९ फागुन, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको फागुन १९ गते, बुधबार बिहान बसेको बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।
त्यस अनुसार कम्पनीले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँको दरले लाभांश वितरण गर्नेछ।
उक्त लाभांश सरकारकाे स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।