Advertisement

खुलालु पुलको काम १० बर्षपछी गति लिदै

0 1,004

Advertisement

बिनाेद भण्डारी
१९ फागुन,कालिकोट । कालिकोट जिल्लाको खुलालुमा निर्माणधीन पक्की पुलको कामले १० बर्ष पछी गति लिन थालेको छ ।

पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ । जेठसम्म पिच सक्ने र असारसम्म पुल सन्चालनमा ल्याउने हाम्रो तयारी छ । अहिलेसम्म सरकारले ३० प्रतिशत रकम निकाशा गरेको र काम निकै रफ्तारमा अगाडी बढेको पुल निर्माण गरिरहेका निमार्ण व्यवसायी दिपकराज मैनालीले जानकारी दिए ।

भौगोलिक विकटता, प्रविधिक कमजोरी,समयमै पुलको नक्सांकन नहुनु,सडक डिभिजन कार्यलय जुम्लाले गरेको झमेला र पछिल्लो समय कोरोनाका कारण पुल निर्माणको काममा ढिलाई भएकोे मैनालीका बताए ।

पुल निर्माणमा अगाडीबढाउदै कामदारहरु : कालिकोट

पुल निर्माणमा लामो समय देखी भूमिका खेल्दै आएका स्थानीय जनक बिष्टले भने “यतिका दिनसम्म पुल निर्माण नहुनु लज्जाको कुरा हो । बिभिन्न राजनितिक खिचातानी,निमार्ण कम्पनीको लापरबाही, समयमै सामग्री उपलब्ध नहुनु जस्ता कुरा हरुले गर्दा ढिलाई हो ।


वि.सं.२०६७ सालमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले पुलको शिलान्यास गरेका थिए । तर राजनितिक खिचातानीका कारण कामले गति लिन सकेन ।
त्यसपछी वि.सं. २०७१ सालमा उनकै पार्टीका भौतिक पूर्वाधार मन्त्री बिमलेन्द्र नीधीले फेरी शिलान्यास गरेका थिए । त्यसयता पुल निमाणकाे गति कछुवा नै छ ।


यो पुल निर्माण भएपछी लालु,माल्कोट,रुप्सा,राजकोट,त्रीबेणी हुँदै हुम्ला कर्णाली सम्मको राजमार्ग खुल्नेछ । जसबाट हजारौँ जनता लाभान्वित हुनेछन् ।


१० औँ बर्षसम्म पुल नबन्दा नागरिकमा छाएको निरासाका बीच निर्माणको कामले गति लिएपछी स्थानीय नागरिकमा हर्ष छाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.