Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

युभेन्ट्सको सहज जित, रोनाल्डोले बनाए कीर्तिमान

0 295

१९ फाल्गुन, एजेन्सी । क्रिस्टियानो रोनाल्डोले कीर्तिमान राखेको खेलमा सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ ।

घरेलु मैदान भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० ले हराएको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

यभेन्ट्सका लागि ६२औँ मिनेटमा अल्भारो मोराटा, ७१औँ मिनेटमा फेडेरिको चिएसा र ८९औँ मिनेटमा रोनाल्डोले गोल गरे ।

Subscribe to our newsletter

पछिल्लो गोलसँगै रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा पछिल्लो १२ सिजनमा कम्तीमा २० गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

जितपछि तेस्रो स्थानको युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी सात अंकमा झारेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.