‍एलपिएलका कान्छा खेलाडी ‍युवराज

0 497

१८ फागुन, काठमाडौं । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कान्छा खेलाडी हुन्, युवराज साउद।

कञ्चनपुरको महाकाली नगरपालिका–४ का ९ वर्षीय साउद शारदा सरस्वती माध्यमिक विद्यालयका तर्फबाट प्रतियेगितामा सहभागी छन्।

उनले धनगढी नमुना माध्यमिक विद्यालयकाविरुद्ध मंगलबार ब्याटिङ पनि गरे। लामो समय टिक्न भने सकेनन। पाँच बलको सामना गरेका उनी शुन्य रनमै आउट भए।

आज रन बनाउन नसके पनि अर्को प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने उनले बताए।

उनका बुबा रमेशसिंह साउदले उसले दोस्रो पटक जिल्ला बाहिरका प्रतियोगितामा सहभागिता जनाएका हुन्।

प्रतियोगिताको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभन्ट्सका अध्यक्ष रामचन्द्र शहीले उनी प्रतियोगिताका कान्छा खेलाडीका रुपमा चिनिन थालेका बताए।

फागुन २९ गतेसम्म चल्ने लिटल फ्लावार प्रिमियिर लिग (एलपिएल)मा उनीजस्तै कलिला धेरै क्रिकेटरहरु खेलिरहेका छन्।

प्रतियोगितामा सहभागी १६ विद्यालयका टोलीमा दुई सय २४ जना खेलाडी सामेल छन्। केहि अन्डर–१९ राष्ट्रिय टोलीका खेलाडी पनि छन्।

‘खेलाडीहरुले एकअर्काबाट सिक्ने मौका पाएका छन्, उत्कृष्ट खेल्ने खेलाडी प्रदेश र राष्ट्रिय टोलीमा पर्न सक्छन्,’ प्रतियोगिताका आयोजक शाहीले भने।

पछिल्लो समय विद्यालयस्तरबाटै हुने यस्ता प्रतियोगिता क्रिकेटमा भविष्य खोज्नेहरुका लागि आधार बन्न थालेका छन्। एलपिएल खेलेका केही खेलाडी अहिले पनि राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन सफल भैसकेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.