जोखीम भनेको के हो?
यी घटनासँग सम्बद्ध समाचार हामी दैनिक रूपमै कही न कही पढिरहेका वा सुनिनरहेका हुन्छौं । यस प्रकारका क्षतिलाई बीमाको भाषामा जोखीम भनिन्छ ।
१८ फागुन, काठमाडौं । व्यक्ति, समाज तथा व्यावसायिक कारोबार सम्पन्न भइरहँदा मृत्यु, आगलागी, भूकम्प, चोरी, विष्फोटन, सडक एवम हवाई दुर्घटनाजस्ता कारणले अनेकौं प्रकारका क्षति पनि भइरहेका हुन्छन् ।
जोखीमका कारण जीउधनमा क्षति पुगे पनि यस क्षतिलाई दुर्घटनाको प्रकृति अनुसार मूल्यमा मापन गर्न सकिन्छ । यस्ता घटना हुन सक्ने आशङ्का र चिन्ता सबैमा सधैं रहिरहेको हुन्छ । यसैलाई जोखीम र जोखीमको अवस्था रहेको भन्नुपर्ने हुन्छ ।
जोखीम भनेकाे के हाे?
यी घटनासँग सम्बद्ध समाचार हामी दैनिक रूपमै कही न कही पढिरहेका वा सुनिनरहेका हुन्छौं, यस प्रकारका क्षतिलाई बीमाको भाषामा जोखीम भनिन्छ ।
जोखीम शब्द आफैमा परिभाषा गर्न सकिने शब्द नभए पनि घटना हुन सक्ने र नसक्ने दुई अवस्थाका आधारमा यसलाई बुझ्न तथा पहिचान गर्न सकिन्छ । यस्ता परिस्थिति नै यसका मापदण्ड पनि हुन् । यसलाई सवारीसाधन र त्यसको प्रयोगको उदाहरणबाट यसरी प्रष्ट पार्न सकिन्छ ।
प्रथम अवस्थामा आफ्नो सवारी प्रयोग गरी गन्तव्यमा सकुशल पुगियो, दोस्रो अवस्थामा आप्mनो सवारी आफैले चलाउँदा दुर्घटना भई क्षति भयो वा आप्mनो सवारीसँग अर्काे सवारी ठोकिई दुवै सवारीहरूमा क्षति पुग्यो, दोस्रो सवारीमा सवार व्यक्तिको पहिलो व्यक्तिको गल्तीले दुर्घटना हुँदा मृत्यु भयो, त्यसमा थप दायित्व सृजना भयो ।
यो अवस्था सकुशल पहिलो व्यक्ति गन्तव्यमा पुग्ने अवस्थाभन्दा भिन्नै खाले स्थिति भयो । यो दोस्रो अवस्था नै जोखीम हो । अन्य दुर्घटनाहरूको अवस्था पनि यही दोस्रो सवारी दुर्घटनाको जस्तो अवस्था हो । तर, जोखीमका सम्बन्धमा यसको घटित हुन सक्ने वा नसक्ने अनिश्चितता पनि उत्तिकै महŒवपूर्ण हुन्छ ।
दुर्घटना हुन्छ वा हुँदैन भन्ने अनिश्चित छ । त्यसैगरी, दुर्घटना भएमा त्यो कत्रो हुन्छ र क्षति कति हुन्छ भन्ने कुरा पनि अनिश्चित छ । यसरी व्यक्ति, समाज र व्यावसायिक कारोबारमा हुन सक्ने कुनै पनि प्रकारको क्षतिलाई जोखीमका रूपमा लिने गरिन्छ ।
जोखीम व्यवस्थापन हुन सक्छ ?
जोखीमसँगै जोखीम व्यवस्थापनका उपायहरू पनि आएका हुन्छन् । त्यसैले, जोखीमलाई उचित उपायले व्यवस्थापन पनि गर्न सकिन्छ । यसको व्यवस्थापन चरणबद्ध प्रक्रियामा आधारित हुन्छ । यसमा सर्वप्रथम घटना हुन सक्ने सम्भावनाको पहिचान गरिन्छ तथा सम्भावित क्षतिको परिमाण खर्च कतिसम्म हुन सक्छ भन्ने मापन गरिन्छ ।
त्यसपछि घटना घटेमा आप्mनो सम्पत्तिको पुनः स्थापना वा शोध भर्ना गर्ने क्षमता के छ र क्षतिको परिमाण आप्mनो अनुमानभन्दा फरक भई बढी भएमा वैकल्पिक स्रोत के छ यी सबैको विश्लेषण गरिन्छ ।
कुनै घटनाहरू आगलागी/चट्याङ, भूकम्प, बाढीजस्ता दैवी प्रकोपबाट हुन्छन् । त्यस्तै, मानव सृजित जोखीमहरू– डकैती, चोरी, हिनामिना जस्ता क्रियाकलापहरूबाट पनि विभिन्न प्रकृतिका घटना हुन सक्छन् । त्यस्तै, द्वेषपूर्ण कार्यहरू, हुलदङ्गा, हड्ताल र आतङ्कवादी क्रियाकलाप एवम् आन्तरिक र बाह्य द्वन्द्वजस्ता सामाजिक तथा राजनीतिक परिवेशबाट हानि/नोक्सानी तथा क्षति पुग्ने घटना सृजना भइरहेको पाइन्छ । कुनै एक व्यक्तिको जोखीम विश्लेषण गर्न नसक्ने वा नचाहने गैरजिम्मेवारी सोचाइबाट समेत घटना हुने गर्छन् ।
घटना घट्न र क्षति हुन सक्छ भन्ने सोचाइ रहेपछि जोखीम व्यवस्थापनको निश्चित क्षेत्र निर्धारण गरिनु आवश्यक हुन्छ ।
- सम्पत्तिको क्षति एवम् असर गर्ने जोखीम,
- सम्पत्तिको प्रयोगले दायित्व सृजना गर्ने जोखीम,
- व्यक्तिमा मात्र सीमित रहने जोखीम,
नगदमा मात्र सीमित रहने जोखीम आदिको विश्लेषण जोखीम व्यवस्थापनको महŒवपूर्ण चरण हो । एकथरी मानिसको सोचाइमा जोखीम पूर्णरूपमा हटाउने कार्य गर्न सकिन्छ ।
- आफूसँग भएको सवारीसाधन विक्री गर्ने,
- सवारीसाधन नै नकिन्ने,
- घर नबनाउने वा व्यावसायिक कारोबार नै नगर्नेजस्ता कार्य
घर नबनाउने वा व्यावसायिक कारोबार नै नगर्नेजस्ता कार्य गर्न सकिन्छ भन्ने तर्क गर्न सकिन्छ । यसबाट जोखीमलाई पूर्णरूपमा पन्छाउने कार्य गर्न पनि सकिने भयो । तर, कतिपय जोखीम यस्ता पनि छन्, जसलाई कुनै प्रकारले पनि पन्छाउन सकिन्न ।
यी विभिन्न अवस्थामा बस्न वा रहन व्यावहारिक नहुने हुँदा हामी जोखीम बेहोर्न तयार हुँदै हाम्रा लागि आवश्यक वस्तुहरूको उपयोग गर्ने गर्छौं । बरु दुर्घटना हुन सक्छ भन्ने सोचाइ राखी त्यसको असर न्यून गर्ने उपायको खोजी कार्य गर्छाैं । खोजी गर्ने कार्य गर्छौं ।
जोखीम घटेपछिका असर न्यनू गर्ने उपायहरू यसका उदाहरण हुन्
- सवारीसाधन चलाउँदा सीटबेल्टको प्रयोग गर्नु,
- एयर ब्यागको व्यवस्था गर्नु,
- आगलागीपूर्व सूचना दिने घण्टी (अलार्म)को व्यवस्था गर्नु,
- चोरी हुन सक्ने विशेष स्थानहरूमा घण्टीको व्यवस्था गर्नु,
- मेशिन औजार सञ्चालन हुने फ्याक्ट्रीमा कामदारलाई सुरक्षित रहन छेकबारको प्रयोग गर्नु,
यसका उदाहरण हुन् । यी सबै क्षतिको असर न्यून गर्न पूर्वका जोखीम व्यवस्थापनका माध्यम हुन् ।
उदाहरणका लागि घरमा खाना पकाउने ग्यासको सिलिण्डर पड्कन्छ वा मट्टितलको स्टोभ पडक्न्छ भन्ने सम्भावनाले त्रसित भई ती उपकरण प्रयोग नगर्नु व्यावहारिक हुँदैन र सम्भव पनि छैन । घर वा फ्याक्ट्रीमा आगलागी हुन्छ अथवा भूकम्पले घर वा अन्य संरचना भत्किहाल्छ भनी नबनाउनु वा घरमै बस्दिनँ भन्नु पनि व्यावहारिक भएन । यी अवस्थाले हामी यथास्थितिमा बस्न सक्छौं वा सक्दनौं भन्ने कुरा बुझाउँछ ।
सोहीअनुसार घटना भएपछि त्यसको असर न्यून गर्न अग्नि निवारक यन्त्र जडान गर्ने, स्प्रिङ्कलको व्यवस्था गर्ने, सम्पत्ति क्षति भई सकेपछि सकेसम्म बचाउने प्रयास गरी बाँकी बक्यौता राख्न प्रयास गर्ने, प्राथमिक उपचारको व्यवस्था गर्ने कार्य जोखीम घटेपछिका असर न्यनू गर्ने उपायहरू हुन् ।