Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पुर्ब मिस नेपाल श्रृंखला खतिवडा स्नातकोत्तरको पढाई गर्न हावर्ड युनिभर्सिटीमा

0 1,250

१८ फागुन, काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा इन्जिनियरिङ विद्यार्थी पनि हुन् । सौन्दर्यसँगै अध्ययनमा पनि यी सुन्दरी अगाडि छिन् । उनलाई चिन्नेहरु ‘ब्रेन विथ ब्यूटी’ पनि भन्छन् ।

श्रृंखलाका प्रशंसकका लागि नयाँ खबर छ । विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय हावर्डमा स्नातकोत्तर अध्ययनका लागि श्रृंखला भर्ना भएकी छिन् । त्यहाँ उनले सहरी योजना विषयमा अध्ययन गर्नेछिन् ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले श्रृंखलालाई बधाइ दिँदै उनको उच्च शिक्षा अध्ययनका लागि शुभकामना व्यक्त गरेको छ । श्रृंखला सन् २०१८ की मिस नेपाल हुन् ।

Subscribe to our newsletter

हावर्डमा अध्ययन गर्न पाउनु आफ्ना लागि अहिलेसम्मकै खुशिको कुरा भएको भन्दै श्रृंखलाले सामाजिक संजालमा उल्लेख गरेकी छिन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.