वार्ता समिति गठन सकारात्मक : नेपाली कांग्रेस
१८ फागुन, काठमाडौं । नेपाल सरकार तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टी विचको वार्ता गठन लाई नेपाली कांग्रेसले सकारात्मक रुपमा लिएको छ ।
नेपाली कांग्रेसले आज एक विज्ञप्ति निकाल्दै ईमान्दार वार्ताबाट समाधानमा समेत पुग्न आग्रह गरेको छ ।
विज्ञप्तिमा सूचना, संचार तथा प्रचार विभाग तथा प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गरेका छन् ।
साथै सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।