बौद्ध धर्मकाे ऐतिहासिक उद्मगम थलाे ह्योल्मो, पर्यटकको राेजाइमा हेलम्बु!

0 1,535

बौद्ध धर्मकाे ऐतिहासिक उद्मगम थलाे ह्योल्मो, “छेच्यु पूजा गुरु रिम्पोछेको जन्मदिनमा ‘छेच्यु पूजा’ माैलिक सांस्कृतिक परमपराकाे महत्व र पर्यटककाे राेजाइमा हेलम्बु!

१८ फागुन, हेलम्बु (सिन्धुपालचाेक) । चीनमा भएको सांस्कृतिक क्रान्तिको झल्को दिने गरी माओवादी जनयुद्धले भएको आम्दानी लिने र सम्पतीमा आगो लगाउने काम देशैभर चलाएका थिए । उदाहरणका लागि पाल्चोक भगवतीको मन्दिर र तार्केघ्याङस्थित ल्हुण्डुप देछेन निङ्मा गुम्बा हेरे पुग्छ ।

पाल्चोक भगवतीको मन्दिरमाथि सात वर्षसम्म कब्जा जमाएर बसेका माओवादीलाई गाउँलेहरुले लखेटेपछि अहिले भर्खर संस्थागत हुने प्रयासमा छ ।

सन् १९६६ देखि सुरु भएको सांस्कृतिक क्रान्तिले चीनमा भएका मठ मन्दिर भत्काउने काम ग¥यो, त्यसै गरी माओवादीले नेपालमा भएका अधिकांश मन्दिरहरु र गुम्बाको आम्दानी लिने काम मात्र गरेन, कतिपय ठाउँमा अमूल्य बस्तुहरु लुटेर लगे ।

चीनको सांस्कृतिक क्रान्तिको सन् १९६७ मा पार्टीका दोस्रो बरियताका नेता तथा चीनका राष्ट्राध्यक्ष ल्यु शाओचीमाथि अन्याय गरियो । माओको इच्छा अनुसार उनका ‘सबभन्दा निकट कमरेड तथा उत्तराधिकारी‘ घोषित उपाध्यक्ष लिन प्याओ, माओकी श्रीमती च्याङ चिङ, चाङ चुङचियो, वाङ होङवेन र याओ वेनयुआनको नेतृत्वमा सञ्चाालित सांस्कृतिक क्रान्तिमा गरिएको ज्यादति शब्दमा वर्णन गर्न सकिदैन ।

हजारौं हजारलाई सांस्कृतिक क्रान्तिको नाममा हत्या गरियो, मठ मन्दिर र गुम्बाहरु भत्काइयो । अध्यक्ष माओलाई लिन प्याओले मार्न षडयन्त्र गरेको अभियोगमा उनलाई भाग्न बाध्य बनाइयो । तत्कालिन रक्षा मन्त्री लिन प्याओ हेलिकोप्टमार्फत भाग्न खोज्दा मंगोलियाको सीमा क्षेत्रमा उनको मृत्यु भयो । 

सन् १९६६ मा सुरु भएको यो क्रान्तिको नाम थियो– सांस्कृतिक क्रान्ति

सांस्कृतिक क्रान्तिको समयमा चिनियाँ कम्युनिष्ट पार्टीभित्रकै केन्द्रीय तहका नेताहरूलाई नै मुख्य दुश्मन ठानियो । माओले त नारा नै दिएका थिए– हेडक्वार्टरमा बम हिर्काउ । पुँजीवादी गुटका नाइकेको रूपमा ल्यु शाओची र देङ स्याओ पिङलाई लिइन्थ्यो ।

नेपालका कम्युनिष्टहरुले कहिल्यै समिक्ष गरेको सुनिएन । सांसकृतिक क्रान्तिको ल्यु साओची र देङ स्याओपिङले समर्थन गरेनन् । त्यही समर्थन नगर्दा नै उनीहरूलाई संशोधनवादी र पुँजीवादीको आरोपमा पदबाट बर्खास्त गरियो । 

देङलाई सन् १९६७ जुलाई १६ मा पदबाट बर्खास्त गरिएको थियो तर उनको अनुरोधमा पार्टी सदस्यता भने खारेज भएन । कुनै समय चिनियाँ क्रान्तिका कमान्डर देङको घरमै खानतलासी सुरु गरे सांस्कृतिक समूहका रेड गार्डहरूले । उनको घरको खानतलासी गरेकै दिनबाट उनी र श्रीमतीलाई नजरबन्द राखियो । ल्यु साओचीको भने पहिला नै मृत्यु भएको थियो । उनकी श्रीमती भने जेलमा नै थिइन् ।

देङका जेठा छोरा पुफागं र छोरी डेंग नालाई सांस्कृतिक क्रान्तिका रेडगार्डहरूले आँखामा पट्टी बाँधेर कब्जामा लिएको वर्णन गरेकी छन् । पुफाँगलाई मानसिक र शारीरिक यातनासमेत दिइएको थियो । त्यही यातनाको कारण उनको कम्मरमुनिको भाग जीवनभर चलेन ।

उनको उपचार पनि धेरै समयसम्म राम्रोसँग गरिएन । कारण थियो– ‘पुँजीवादी र सुधारवादी’को सन्तान हुन् । यी प्रसंगले ‘सांस्कृतिक क्रान्ति’ भित्रका कमजोरीहरू उजागर गर्छन् । सायद यिनै कारणले अहिले चिनियाँहरू सांस्कृतिक क्रान्तिलाई ऐतिहासिक कालरात्री भन्ने गर्छन् ।

सांस्कृतिक क्रान्तिका चार मुख्य नेता ‘ग्याङ अफ फोर’का वाङ होङ्वेन, च्याङ छिङ, चाङ चुन सियाओ र हुवा क्वाफेङलाई बैठकमा बोलाएर गिरफ्तार गरियो । उनीहरूको गिरफ्तारीसँगै सांस्कृतिक क्रान्तिको अन्त्य भयो ।

बौद्ध धर्मकाे ऐतिहासिक उद्मगम थलाे हेलम्बु

फाेटाेः सराेज राई, गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले ‘छेच्यु पूजा’

गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले ‘छेच्यु पूजा’ गरे मनाउने परम्परा छ । ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउदै आएका छन्।

गत साेबार हेलम्बु गाउपालिका वडा नं.१, अवस्थित ह्योल्मो सम्बा छ्योलिङ गुम्बाको आँगनमा छेच्यु पूजा गरिएको थियो। भूकम्प र पराकम्पनले ध्वस्त बनाएको ६ वर्ष भएकाे छ। पाउनाघरमा शताब्दी पुरानो यो गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लाम गुरु नाच्ने गर्छन्। छेच्युको सुरुमा धार्मिक महत्वका पवित्र पुस्तकहरु (ह्युम)को १६ थान पुस्तकहरू पाँच दिनसम्म पाठ गरिसकेपछि मनाउने चलन छ।

बर्षेनी आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने छेच्यु पूजा ह्योल्मो समुदायहरुले कोरोना संक्रमणबीच पनि मनाएका हाै; भन्छन् स्थानिय…

पाँच शताब्दी पुरानो गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लामा गुरु नाच्दै निस्केका थिए। लामा गुरुले शिरमा कलात्मक मयुरप्वाखे पवित्र शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका भयंकर बज्र र घण्टी पहिरिएका थिए। ह्योल्मो धार्मिक पोशाकमा चिटिक्क देखिएका बौद्ध धर्मगुरु रिन्पोछे (पदमसंम्भवा)सँगै रिन्पाछेकै स्वरुप र देवीदेवताको सामुहिक लस्कर निस्किएको थियो।

बौद्ध धर्मका एक प्रमुख देव तथा ञिङ्मा सम्प्रदायका प्रवद्र्धक महागुरु रिम्पोछेले हिमाली

फाेटाेः सराेज राई, पाँच शताब्दी पुरानो गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लामा गुरु नाच्दै

गुफाहरुमा ध्यान, तपस्या गर्ने गर्छन् साथै, भविष्यका निम्ति भनेर आफ्नो धार्मिक महत्वका पवित्र निधि(तेर)हरु लुकाएर राखेको ह्योल्मो क्षेत्रमा यस किसिमको धार्मिक कुराले विशेष महत्व राख्दछ।चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व झंै विभिन्न गाउँहरुमा पञ्चमीदेखि पूर्णिमासम्म मनाउछन्।

गुरु रिम्पोछेको जन्मदिन र धर्मग्रन्थअनुरुप पदमसंम्भवालाई आव्हान गरेर तान्त्रिक नृत्यमार्फत राक्षसमाथि बिजय गरेको छेज्यु पूजामा तान्त्रिक नृत्य देखाइन्छ।सेर्माथाङका ह्योल्मो सांस्कृतिक अनुसन्धानदाताका अनुसार त्यही पौराणिक घटनालाई स्मरण गरेर वार्षिक छेज्यु पर्व ह्योल्मो समुदायले मनाउँदै आएको छ।

उनले भने, ‘नृत्यमा देविदेवतालाई बज्रयान तान्त्रिक अभ्यासमार्फत बशमा लिएर बुद्धको वचनमार्फत आर्शिवाद दिइन्छ, स्थानीय देवीदेवता (प्रकृति)को पूजा या ‘साङ’ गरिन्छ, जसबाट नकरात्मक शक्ति मर्ने विश्वास गरिन्छ।’

तीन दिनसम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाइने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछेको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पूजा गर्दै नाच्ने गर्दछन्, जसलाई बाछ्याम भनिन्छ।

छेच्यु पर्वमा धार्मिक नाचको लागि अध्यात्मिक सिद्धी पाएका लामा मात्रै (न्हाम्सा) पोशाक लगाएर सहभागी हुने गर्छन्।यहाँका सर्वसाधारण यो पूजा साधारण मनोरञ्जनका रुपमा मात्र नभइ पूजामा भाग लिए वापत विशेष आशीर्वाद प्राप्त हुने विश्वास राख्छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.