Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा, २७ केजी ४०० ग्राम अबैध लागु औषध चरेश सहित पक्राउ

0 382

१८ फागुन, धादिङ । धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेशी स्थित पृथ्बी राजमार्गमा २७ केजी ४०० ग्राम अबैध लागु औषध चरेश सहित एक जना प्रकाउ परेका छन् ।

पृथ्वी राजमार्ग छेउमा लागु औषध चरेश खरिद बिक्रि, ओसार पसार एवं कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिहान ०७.३० बजे स्थित घाटबेशी बजारमा संकास्पद रुपमा साथमा कालो झोला बोकी हिडिरहेका ३ जना पुरुष व्यक्तिहरु लाई सोधपुछ गर्ने क्रममा साथमा बोकेको झोलाहरु भुईमा फाली तीनै जना भागेकोमा सो मध्ये १ जनालाइ प्रकाउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय, गजुरी धादिङका
सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

Subscribe to our newsletter

पक्राउ पर्नमा गजुरी गाउंपालिका वार्ड नं ४ घर भएको बर्ष २३ को राजकुमार चेपाङलाई भाग्दै गरेको अबस्थामा नियन्त्रणमा लिएको हो ।

निज पक्राउ ब्यक्ति राजकुमार चेपाङलालाई आजै जिल्ला अदालत धादिङबाट दिन ५ दिनको म्याद लिई साथै अबैध लागु चरेश ओसार पसार गर्ने कार्यमा संलग्न रहि फरार रहेका अन्य २ जना मानिसहरुको खोजतलास तथा अनुसन्धान कार्य भैरहेको पाण्डेयले जाकारी दिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.