Advertisement

मेयर कपकाे खेल तालिका सार्वजनिक

0 423

Advertisement

१८ फागुन, काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको खेल तालिका प्रकाशित गरिएको छ ।

२२ गतेदेखि कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि ५ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा पहिलाे दिन २ खेल हुनेछन । हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार र काठमाडौं महानगरपालिकाको एउटा टिम गरि पाँच टिमले प्रतिस्पर्धा गर्ने हुन् ।

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका थिए । यसैगरी काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गर्ने बाँकी प्रदेशका खेलाडीहरुलाई समेटर टिम बनाएको छ । उक्त टिममा १४ वर्षिय अर्जुन कुमालसहितका खेलाडीहरु रहेका छन् ।

प्रतियोगिताको पहिलो दिननै २ वटा खेल हुने छन् । मूलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी सोही दिनमै कीर्तिपुर मैदानमा त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब आमने सामने हुने छन् । यी दुई टिम प्रधानमन्त्री कपको फाइनलमा पनि भिडेका थिए । जसमा आर्मीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।

यसैगरी दोस्रो दिन २३ गते नेपाल एपीएफ र नेपाल पुलिसले कीर्तिपुरमा प्रतिस्पर्धा गर्दा मूलपानी मैदानमा काठमाडौं मेयर एघार र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । २४ गते एउटा मात्रै खेल हुने छ ।

उक्त दिन आर्मी र काठमाडौं मेयर ११ बीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुने छ । २५ गते बागमती र एपीएफले कीर्तिपुरमा खेल्दा मूलपानीमा नेपाल पुलिस र आर्मीबीच प्रस्पिर्धा हुने छ ।

२६ गते काठमाडौं र पुलिसले कीर्तिपुर मैदानमा खेल्ने छन् । यस दिन मूलपानी मैदानमा खेल हुने छैन् । त्यसैगरी बागमती र आर्मीले कीर्तिपुरमा प्रतिस्पर्धा ग्र्दा मूलपानीमा एपीएफ र काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुने छ । समूह चरणका खेल सकिए पछि २८ गते विश्राम दिइएको छ भने फाइनल खेल २९ गते कीर्तिपुर मैदानमा हुने छ ।

प्रतियोगिताको लिग चरणको शीर्ष २ टिमले फाइनल खेल्ने छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको यो प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख र उप विजेता टिमले ३ लाख पाउने छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.