Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथामिक शेयर फागुन २१ बाटै विक्री हुने

0 490

१८ फागुन, काठमाडौं । फागुन २३ गतेबाट निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्स प्राथामिक शेयर निष्कासन गरिने मिति तोकेपनि अव फागुन २१ बाटै विक्री हुने भएको छ ।

शेयर निष्कासन निर्धारण गरेको मिति भन्दा दुइ दिन अगावै शेयर बिक्री खुल्ला हुने भएको हो ।

सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।

Subscribe to our newsletter

आईतबारदेखि शेयर निष्काशन गर्दा सिडीएसको प्रणालीमा लोड भई ईडिआईएस गर्न समस्या हुने देखिएपछि मिति परिवर्तन भएको हो ।

यस अघिका आईपिओ पनि शुक्रबार नै बिक्रि खुला भएका थिए । सिडीएसले पछिल्लो समय आईपिओ बिक्रि खुला शुक्रबारदेखि गर्ने र बाँडफाँड पनि शुक्रबार नै गर्ने अभ्यास थालेको छ । 

शुक्रवारदेखि निष्काशन गर्दा शनिवार सहित दुई दिनमा अधिकांस लगानीकर्ताले आवदेन दिसक्ने र लोड व्यवस्थापन गर्न सहज हुने छ ।

ज्योति लाइफले एक सय अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र   ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्।

फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । 



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.