Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

0 816


१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित स्याङजा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।


हिमालय एयरलाईन्सको बिमानबाट साउदीको रियादबाट आगमन भएका रानालाई प्रहरीले जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको धातु सहित विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको हो ।


रानालाई बारमद धातु सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.