Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

केही दिनयता दैनिक छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द

0 342

१८ फागुन, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माद्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । केही दिनयता दैनिक छात्राहरु बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिनुभयो ।

प्रधानाद्यापक धामीका अनुसार विद्यालयमा दैनिक ६–७ जना छात्राहरु बेहोस हुने गरेका छन् । करिब एक हप्तादेखि मावि सिप्टीमा अचानक छात्राहरु रुने, कराउने, काप्ने र बेहोस हुने समस्या देखिएको उहाँले बताउनुभयो ।

सुरुमा ९/१० कक्षामा अध्ययनरत छात्राहरुमा यस्तो समस्या देखिएकोमा पछिल्लो सयम आधारभुत कक्षाका छात्राहरुमा पनि त्यस्तो समस्या देखिन थालेको छ । विद्यालयमा अद्ययनरत छात्राहरु बेहोस हुन थालेपछि यहि फागुन २० गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाद्यापक धामीले बताउनुभयो ।

Subscribe to our newsletter

मंगलबार र बुधबार सरोकारवालाहरुसँग छलफल गरेर फागुन २० गतेदेखि विद्यालय खोल्ने तयारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा त्यस्तो समस्या देखिएपछि वडाध्यक्ष, प्रहरी प्रशासन, विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा छात्राहरु बेहोस हुन थालेपछि शिक्षक, विद्यार्थी तथा अभिभावकहरु समेत त्रसित बनेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिनुभयो । विद्यार्थी रुने, कराउने, काप्ने तथा बेहोस हुने जस्ता समस्या बेलाबेला जिल्लाका विभिन्न विद्यालयमा देखिदै आएको छ । नौगाड गाउँपालिकाका गणेश विनायक मावि सिप्टी संगै अन्य विभिन्न वडामा रहेका विद्यालयमा पनि यस्तो समस्या देखिन थालेको उहाँले बताउनुभयो । यसअघि दार्चुलाका विभिन्न विद्यालयहरुमा छात्राहरु बेहोस हुन थालेपछि क्षमा पुजा समेत गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.