Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० घर जले, आगो अझै नियन्त्रणमा आएन

0 467

१८ फाल्गुन, ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्।

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दिएको जानकारी अनुसार कम्तिमा ४० घर पूर्ण रूपमा नष्ट भएका छन्। यो संख्या बढ्न सक्ने उनको भनाइ छ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो।

Subscribe to our newsletter

आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा विभिन्न टोली खटाइएको चापागाईले बताए । त्यस्तै फिदिममा पनि समन्वय गरी दमकल बोलाइएको उनले बताए।

‘अहिलेसम्म कम्तिमा ४० घर पूर्ण रूपमा जलेको सुरक्षा निकायको अनुमान छ’, उनले भनिन् ‘अहिले चाहिँ फैलिने क्रम रोकिएको छ। नियन्त्रण उन्मुख भएको आगो पूरै नियन्त्रणमा चाहिँ आइसकेको छैन।’

अहिले एउटा दमकलले मात्रै आगो निभाइरहेको बताउँदै उनले पाँचथरको दमकल आइपुग्न लागेको जानकारी दिइन्।

सहायक प्रजिअका अनुसार आगलागीको घटनामा कुनै मानवीय क्षति भने भएको छैन।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.