Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भागरथीको परिवारलाई आर्थिक सहयोग

1 466

१८ फाल्गुन, काठमाडौ । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ ।

समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो । अभियानबाट कूल रु २७ लाख ३८ हजार ३९१ कोरियन वन रकम सङ्कलित भएको छ।

उक्त  समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभियान शुरु गरेको थियो । उक्त अभियानमा कोरियामा रहेका १६९ सहयोगीहले स्वःस्फूर्तरूपमा सहयोग गरेका थिए ।

Subscribe to our newsletter

गत माघ २१ गते बिहान विद्यालय गएकी भागरथीको  बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.