Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

वर्ल्डलिंक सद्भावना दूतमा खतिवडा नियुक्त

0 361

१८ फाल्गुन, काठमाडौ । ब्रोडब्यान्ड सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको सद्भावनादूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् । कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा खतिवडालाई सद्भावनादूतका रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले विश्वस्तरीय इन्टरनेट सेवा दिन कम्पनी सधैँ प्रतिबद्ध भएर लाग्ने बताए ।

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि खतिवडाले नेपालको नम्बर एक ब्रोडब्यान्ड सेवाप्रदायकका रूपमा नेपालभर गरेको विस्तारित कम्पनीको सद्भावनादूत हुन पाएकामा निकै खुसी भएका बताइन् ।

Subscribe to our newsletter

साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुँदै आइरहेको उनको भनाइ थियो । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि कम्पनी प्रेरणाको स्रोत पनि बनिरहेको उनले बताइन् ।

सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वल्र्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाला, बोर्ड निर्देशक मनोज अग्रवालको पनि उपस्थिति थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.