Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य स्थिर

0 444

१७ फाल्गुन, काठमाडाैं । नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएसँगै निगम सञ्चालक समितिको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । जस अनुसार प्रतिलिटर पेट्रोल, डिजेल र मटुटीतेलमा २ रुपैंयाको दरले मूल्य बढेको छ । योसँगै प्रतिलिटर पेट्रोलको मूल्य ११६ रुपैंया पुगेको छ । त्यसै गरी डिजेल र मट्टीतेलको मूल्य ९९ रुपैंया पुगेको छ ।

Subscribe to our newsletter

आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैंयाले वृद्धि भई ७२ रुपैंया पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटरमा २५ रुअमेरिकी डलरले मूल्य बढेर ८९३ अमेरिकी डलर कायम भएको छ ।

१५ दिन पहिले गत फेब्रुअरी १६ मा काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैया, बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रुपैयाँ कायम गरिएको थियो । उल्लेखित मूल्यमा सोमबारदेखि बढाइएको मूल्य थप हुनेछ ।

निगम भन्छ मूल्य बढाउँदा पनि १ अर्ब ३२ करोड नोक्सान

हाल कायम स्वचालित मूल्य प्रणाली अनुसार निगम व्यवस्थापनले हरेक १५ दिनमा एकपटक मूल्य समायोजन गर्न पाउँछ ।

सो अवधिका लागि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढाउन पाउँछ ।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रुपैयाँ भन्दा बढी नोक्सान हुने निगमको भनाई छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउने निर्णय गरे पछि पनि १ अर्ब ३२ करोड रुपैंया पाक्षिक रुपमा नोक्सानीमा रहेको बताए । उक्त नोक्सानलाई निगमको संचित नाफाबाट समायोजन गरिँदै लगिने पनि पौडेलले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.